प्रिमियर इन्स्योरेन्सले कमायो १५ करोड ६१ लाख नाफा, खुद बीमाशुल्क ८ प्रतिशतले घट्यो



काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अवधिमा प्रिमियर इन्स्योरेन्सले १५ करोड ६१ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको नाफा गत आवको सोही अवधिको तुलनामा ०.३४ प्रतिशतले मात्रै बढेको हो ।

गत आवको यसै अवधिमा कम्पनीले १५ करोड ५६ लाख ५९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको खुद बीमाशुल्क भने ८.०१ प्रतिशतले घटेर ४२ करोड ४० लाख ६३ हजार रुपैयाँमा सीमित भएको छ । गत आवको यसै अवधिमा कम्पनीले ४६ करोड ९ लाख ८५ हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेका थियो ।

कम्पनीले यस अवधिमा पुनर्बीमा कमिशन आयबाट ११ करोड ३१ लाख ४४ हजार रुपैयाँ, लगानी, कर्जा तथा अन्य आयबाट ५ करोड ८९ लाख ९० हजार रुपैयाँ आम्दानी गरेको छ ।

चालु आवको पुस मसान्तसम्मको अवधिमा कम्पनीले अभिकर्ता कमिशन खर्च शिर्षकमा १ करोड ३६ लाख ८९ हजार रुपैयाँ र पुनर्बीमा कमिशन खर्च शिर्षकमा ५९ हजार रुपैयाँ खर्च गरेको छ ।

कम्पनीले यस अवधिमा ३ हजार ३५४ वटा बीमा दावीवापत १ अर्ब ८ करोड ३९ लाख ८७ हजार रुपैयाँ कुल दावी भुक्तानी गरेको छ । भने कम्पनीले ५ हजार २२७ वटा बीमा दावीवापत तीन अर्ब १ अर्ब ३ करोड २ लाख ४ हजार रुपैयाँ कुल दावी भुक्तानी गर्न बाँकी छ ।

कम्पनीले यस अवधिसम्ममा ७५ हजार ६५ वटा बीमालेख जारी गरी १ अर्ब ७ करोड ३२ लाख ४४ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

१ अर्ब ४० करोड २६ लाख ३० हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा तथा कोषमा ३० करोड ८ लाख रुपैयाँ र बीमा कोषमा १ अर्ब ९३ लाख २४ हजार रुपैयाँ सञ्चित छ ।

कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी २२.२७ रुपैयाँ र प्रति सेयर नेटवर्थ २९.५० रुपैयाँ छ ।


क्लिकमान्डु