मुख्य सचिव डा. सुबेदीको बिदाई, नयाँ मुख्यसचिव को होला ?



काठमाडौं । नेपाल सरकारका मुख्य सचिव डा सोमलाल सुवेदीले पदबाट राजीनामा दिएका छन् । डा सुवेदीले राजिनामा दिँदै आजबाट औपचारिक बिदा लिएका हुन् ।

उनलाई बिदाई गर्न सरकारका उपत्यकामा उपलब्ध सबै सचिवहरु प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा जम्मा भएका छन् । उनलाई आजै बिदाई गरिने भएको हो ।

उनलाई नेपाल सरकारले एशियाली विकास बैंकमा वैकल्पिक कार्यकारी निर्देशकमा पठाएपछि उनले राजीनामा दिएर एशियाली विकास बैंकमा जान लागेका हुन् ।

मुख्यसचिव सुवेदीको बिदाईमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा औपचारिक कार्यक्रम गरि बिदाई गरिन लागेको हो । २०७२ साल साउन २० गते बुधवार मुख्यसचिव सुवेदी पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएपनि नियुक्त भएका थिए ।

त्यसअघि उनी संघीय मामिला मन्त्रालयका सचिवको रुपमा कार्यरत रहेका थिए । तीन दशकभन्दा बढि अवधिदेखि निजामति सेवामा रहेका सुवेदी स्थानीय विकास विज्ञका रुपमा चिनिन्छन् । उनले वित्तिय विकेन्द्रिकरण विषयमा विद्यावारिधि उपाधी हासिल गरेका थिए ।

मुख्य सचिव डा सुवेदीले हटेपछि नयाँ मुख्य सचिव को हुने भन्ने चर्चा पनि शुरु भएको छ । नयाँ मुख्य सचिवको पदमा डा शान्तराज सुबेदी, शान्त बहादुर श्रेष्ठ र धनबहादुर तामाङ प्रतिस्पर्धामा छन् ।

तीन जनामध्ये तामाङ राष्ट्रिय सतर्कता केन्द्रमा सचिव पदमा कार्यरत छन भने डा सुवेदी अर्थ मन्त्रालयका सचिव हुन् । सचिव श्रेष्ठ हाल शिक्षा मन्त्रालयमा कार्यरत छन् ।


क्लिकमान्डु