वालेटको माध्यमद्वारा गरिने कारोबारको अधिकतम सीमा निर्धारण



काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय वालेटको माध्यमद्वारा गरिने कारोबारको अधिकतम सीमा निर्धारण गरेको छ ।

अब बैंक खाताबाट वालेटमा प्रति दिन २ लाख र महिनामा १० लाख रुपैयाँसम्म कारोबार गर्न सकिने छ ।

यस्तै वालेटबाट अन्य बैंक खातामा दैनिक २ लाख र मासिक १० लाख रुपैयाँसम्म कारोबार गर्न सकिने छ ।

यस्तै एक वालेटबाट अर्को वालेटमा दैनिक ५० हजारा र मासिक ५ लाख रुपैयाँसम्म कारोबार गर्न सक्ने व्यवस्था गरेको छ ।

मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङको माध्यमबाट गरिने भुक्तानी कारोबारको सीमा पनि बढाइएको छ । मोबाइल बैंकिङ (क्युआर कोड समेत) बाट यसअघि प्रतिदिन दुई लाखसम्म कारोबार गर्न सकिने व्यवस्था रहेको थियाे । त्यसलाई बढाएर प्रतिदिन तीन लाखसम्म कारोबार गर्न सकिने बनाइएको छ ।


क्लिकमान्डु