सेयर बजारमा भारी गिरावट, दुई कम्पनीको कारोबारमा सकारात्मक सर्किट


काठमाडौं । सेयर बजारमा भारी गिरावट आएको छ । कारोबारको सुरुदेखि नै घटेको बजार अन्तिम समयसम्म पनि कामयै रह्यो । जसले गर्दा बजारमा दोहोरो अंकको पहिरो गएको छ ।

बजार ४१.०१ अंकले घटेर परिसूचक २१२७.५२ बिन्दुमा रोकिएको छ । सोमबार २५६ कम्पनीको ८८ लाख ३६ हजार ४८८ कित्ता सेयर ३ अर्ब ३० करोड २२ लाख १ हजार ८२५ रुपैयाँको सेयर किनबेच भएको छ ।

बजारमा दोहोरो अंकको गिरावट आउँदा सबै समूहको उपसूचकमा गिरावट आएको छ । बैंकिङ समूहको उपसूचक १६.०२, विकास बैंक ९५.४३, वित्त कम्पनी ६२.०६, होटल १२१.९८, जलविद्युत ७८.५०, जीवन बीमा १२१.५४, उत्पादन तथा प्रशोधन ७२.१८, माइक्रोफाइनान्स ८५.७९, निर्जीबन बीमा २७०.१३, अन्य समूहको उपसूचक ३३.१९ अंकले घटेको छ ।

कारोबारमा दोहोरो अंकको गिरावट आएको भएपनि लुम्बिनी जनरल इन्स्योरेन्स र आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बलेफी हाईड्रोपावर, सूर्यज्योती लाइफ, पिपुल्स पावर कम्पनीका लगानीकर्ताले कमाउँदा युनाइटेड आईडीआई मर्दी आरबी हाईड्रोपावर, स्वेत गंगा हाईड्रोपावर, सगरमाथा इन्स्योरेन्स, सयपत्री हाईड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

कारोबार रकमका आधारमा सूर्यज्योती लाईफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । कम्पनीको १७ करोड ६५ लाख ४० हजार रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै रिडी पावर कम्पनी, पिपुल्स पावर कम्पनी दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।\

Skip This