पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सवारी पार्किङ शुल्क उठाउने ठेक्काको आह्वान



काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयको टर्मिनल भवनको सवारी साधन पार्किङ सेवा शुल्क उठाउने ठेक्काको आह्वान गरेको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले सूचना जारी गर्दै ठेक्काको आह्वान गरेको हो ।

‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयको टर्मिनल भवनको उत्तर तर्फको सवारी साधन पार्किङ गर्न तोकिएको स्थानको १०५१४.८३७ वर्गमिटर क्षेत्रफलमा सवारी साधन विसान सेवा शुल्क उठाउने ठेक्का बन्दोबस्त गर्नुपर्ने भएकोले नेपाल सरकारको सम्बन्धित निकायबाट इजाजत प्राप्त गरेका ईच्छुक व्यक्ति/संस्था/फर्म/कम्पनीहरुले आवेदन पेश गर्नेछन्,’ जारी सूचनामा उल्लेख छ ।

कार्यालयले इच्छुक कम्पनी तथा फर्महरुले ३ हजार ३९० रुपैयाँ मूल्य अभिवृद्धि कर सहित (पछि फिर्ता नहुने) सक्कल भौचर कार्यालयमा पेस गरी प्राप्त रसिद, नवीकरण सहितको फर्म दर्ता प्रमाणपत्र, मूल्य अभिवृद्धि कर/स्थायी लेखा नम्बरको दर्ता प्रमाणपत्रको प्रतिलिपि कार्यालयमा पेस गरी बोलपत्र फाराम खरिद गर्न सकिनेछ ।

बोलपत्र फाराम सूचना प्रकाशित भएको मितिबाट ३० (तीस) दिनको कार्यालय समयभित्र खरिद गरी ३१ ( एकतीस) औं दिनको १२ः०० बजेभित्र कार्यालयमा दाखिला गर्नुपर्ने कार्यालयले जनाएको छ ।

सवारी साधन पार्किझ शुल्क उठाउने सेवा सञ्चालनको ठेक्का अवधि ५ (पाँच) वर्षको हुनेछ । कम्पनीले पाँच वर्षको अवधिमा न्यू १ करोड ६२ लाख ३३ हजार रुपैयाँ कायम गरिएको छ ।

साथै बहाल रकममा हरेक दुई वर्षमा दश प्रतिशतका दरले स्वतः वृद्धि हुनेछ र सोही अनुरुप कायम हुन आउने थप बहाल रकम समेत बुझाउनु पर्नेछ ।


क्लिकमान्डु