माइक्रोसफ्टपछि गुगल पनि कर्मचारी घटाउदैं



एजेन्सी । माइक्रोसफ्टपछि गुगलले पनि आफ्ना कर्मचारी घटाउने भएको छ । गुगलको मुल कम्पनी अल्फाबेटले आफ्ना कर्मचारीहरुमध्येबाट ६ प्रतिशत कर्मचारीलाई हटाउने जनाएको छ ।

कम्पनीकाअनुसार विश्वभरमा रहेका कम्पनीका कर्मचारीहरुमध्येबाट १२ हजार कर्मचारीलाई हटाइने योजना बनिरहेको जनाएको छ । अल्फाबेटका प्रमुख कार्यकारी निर्देशकले आफ्ना कर्मचारीलाई यो विषयमा जानकारी दिएका छन् ।

हालसालै अल्फाबेट कम्पनीको मूख्य प्रतिस्पर्धी माइक्रोसफ्टले पनि आफ्ना कर्मचारी हटाएको थियो । कम्पनीले ११ हजार कर्मचारी हटाएको थियो । माइक्रोसफ्टपछि अब गुगलको मुल कम्पनी अल्फाबेटले ठूलो संख्यामा कर्मचारीलाई हटाउन लागेको छ ।

‘गुगलर्स, तपाईंहरुलाई जानकारी दिनका लागि मसँग केही नराम्रो सूचना छ’, अल्फाबेटका सीईओ सुन्दर पिचाईले भनेका छन्, ‘हामीले विश्वभर रहेका हाम्रा कर्मचारीहरुबाट १२ हजार कर्मचारीलाई कम गर्ने निर्णय गरेका छौं ।’

उनकाअनुसार सुरुवातमा अमेरिकामा रहेका कर्मचारीहरुबाट यो प्रक्रिया सुरु हुनेछ भने त्यसपछि विश्वभरका विभिन्न देशमा रहेका गुगलका कर्मचारीहरुलाई हटाइनेछ ।


क्लिकमान्डु