टेलिकमको फोन सेवा देशैभर अवरुद्ध, उपभोक्ता मर्कामा



काठमाडौं । नेपाल टेलिकमको मोबाइल तथा लाइन फोन देशैभर अबरुद्ध भएको छ ।

कम्पनीको प्रिपेड, पोस्टपेड तथा लाइन फोन, इन्टरनेट र एसएमएस सेवा आज (मंगलबार) मध्यान्ह १२ बजेदेखि एकाएक समस्या आएको छ ।

सेवा अवरुद्ध भएपछि नेपाल टेलिकमका उपभोक्ताहरु समस्यामा परेका छन् । के कारण सेवा अवरुद्ध भएको हो कम्पनीले यो समाचार तयारपार्दासम्म जानकारी गराएको छैन । टेलिकमको वेबसाइटमा समेत समस्या देखिएको छ ।

प्रचण्ड नेतृत्वको सरकारले मंगलबार मन्त्रीमण्डल विस्तार गर्दैछ । नवगठित सरकारले रेखा शर्मालाई सञ्चार तथा सूचना प्रविधि मन्त्री बनाउने निर्णय गरेको छ ।

नयाँ मन्त्रीहरुले आजै १ बजे शपथ ग्रहण गर्ने कार्यक्रम रहेको बताइएको छ । नव नियुक्त मन्त्रीले शपथ लिने केही समय अघि भने टेलिकमको सञ्चार सेवा अवरुद्ध भएको छ ।


क्लिकमान्डु