सेयर बजारमा भारी गिरावट, २२३७ बाट फर्केको बजार २१४९ मा रोकियो



काठमाडौंं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । इन्ट्रा डे कारोबारमा २२३७.२४५ बिन्दुमा पुगेको बजारमा निरन्तर गिरावट आउँदा अन्तिम समयमा परिसूचक २१४९.४१ बिन्दुमा रोकिएको छ ।

बजार मापन गर्ने सूचक ४१.०२ अंकले घटेको छ । बजारमा भारी गिरावट आउँदा सबै समूहको उपसूचक राताम्मे बनेका छन् । बैंकिङ समूहको १५.०४, विकास बैंक ९४.१६, वित्त कम्पनी ६८.२०, होटल तथा पर्यटन ५८.०१, जीवन बीमा ३०९.५६, उत्पादन तथा प्रशोधन १३९.७६, माइक्रोफाइनान्स समूहको ९३.४७, निर्जीबन बीमा समूहको उपसूचक २३३.८१ अंकले घटेको छ ।

तीन वटा कम्पनीको कारोबारमा सकारात्मक सर्किट लागेको छ । जसमा कुमारी धनवृद्धि योजना, सिंगटी हाईड्रो र बाराही हाईड्रोपावर पब्लिकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा यो दिन शिवम् सिमेन्ट अग्रस्थानमा रहेको छ । कम्पनीको २२ करोड २० लाख १२ हजार १३१ रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा रिडी पावर कम्पनी र ङादी ग्रुप पावर कम्पनी रहेका छन् ।


क्लिकमान्डु