सेयर कारोबार रोक्का गरेर नेप्सेले किन सोध्यो साल्ट ट्रेडिङ कर्पोरेशनलाई स्पष्टीकरण ?


काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले साल्ट ट्रेडिङ कर्पोरेशनको सेयर कारोबार रोक्का गरेर तीन दिने स्पष्टीकरण सोधेको छ ।

कम्पनीले सेयर कारोबार भइरहेको समयमा लाभांश दिने घोषणा गरेको जानकारी गराएपछि नेप्सेले करोबार रोक्का गरेर स्पष्टीकरण सोधेको जनाएको छ ।

कम्पनीले बिहान ११ः१३ बजे नट्स लगिङ मार्फत नेप्सेमा लाभांश घोषणा सूचना दिएको भन्दै कारोबार रोक्का गरेर तीन कार्यदिन भित्र के कति कारणबाट समयमा नै जानकारी नदिएको भन्दै स्पष्टीकरण पेश गर्न भेको छ ।

Skip This