सुपर मादी हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, ५० हजार कित्तासम्म आवेदन दिन सकिने



काठमाडौं । सुपर मादी हाइड्रोपावर कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले २१ करोड रुपैयाँको २१ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको छ । कम्पनीले २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरेर १ लाख ५ हजार कित्ता सामुहिक लगानी कोष र ४२ हजार कित्ता सेयर कर्मचारीका लागि छुट्याएको छ ।

बाँकी रहेको १७ लाख ४३ हजार कित्ताका लागि सर्वसाधारणका लागि निष्कान गर्न लागेको छ । आईपीओमा माघ ९ गतेदेखि १२ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा माघ २३ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था, मेरो सेयिर मार्फत आवेदन दिन सक्नेछन् । कम्पनीको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।


क्लिकमान्डु