बेमौसमी तरकारी खेती गर्नेलाई सरकारले प्रतिरोपनी २ हजार रुपैयाँ अनुदान दिने



काठमाडौं । सरकारले बेमौसमी तरकारी खेती गर्ने कृषकलाई प्रतिरोपनी २ हजार रुपैयाँ अनुदान दिने भएको छ ।

कृषि तथा पशुपन्छी विकास मनत्रालयले सार्वजनिक गरेको कार्यविधिअनुसार प्रतिरोपनी बेमौसमी तरकारी खेती गर्ने कृषकलाई २ हजार रुपैयाँ दिने भएको हो ।

त्यस्तै, सरकारले तरकारी खेती विस्तारमा नयाँ सहभागी हुने कृषकलाई बेमौसमी तरकारी उत्पादनको लागि रोपनी १५ सय रुपैयाँ प्रदान गर्नेछ ।

पोलिहाउसमा तरकारी खेती गर्ने कृषकहरुलाई स्थानीय प्रविधिमा आधारित प्रतिवर्गमिटर संरक्षित संरचनाको लागि १३० रुपैयाँ निर्माणपश्चात नापजाँच गरी कृषकको खातामा प्रदान गरिने कार्यविधिमा उल्लेख गरिएको छ ।

त्यस्तै, आलु उत्पादन कार्यक्रमअन्तर्गत मन्त्रालयले आलुको नयाँ क्षेत्रफल विस्तार गर्ने कृषकहरुलाई प्रतिरोपनी १५ सय का दरले प्रोत्साहन अनुदान दिनेछ ।


क्लिकमान्डु