एनआईबीएल ग्रोथ फन्डमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं । एनआईबीएल ग्रोथ फन्डमा आवेदन दिने आज अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्रै आवेदन दिन सकिनेछ ।

एनआइबीएल एस क्यापटिलले पुस ७ गतेदेखि फन्ड निष्कासन गरेको हो । फण्डले पहिलो चरणमा पुस १२ गतेसम्म आवेदन दिन सक्ने व्यवस्था गरेको थियो । पहिलो चरणमा माग अनुसार आवेदन नपरेका कराण आवेदन दिन समय थपिएको हो । दोस्रो चरणमा थथेको समयको आज अन्तिम दिन हो ।

क्यापिटलले प्रति इकाई १० रुपैयाँका दरले १६ करोड रुपैयाँको इकाई निष्कासन गरेको छ । जसमा ३ करोड ४ लाख इकाई कोष प्रवर्द्धक नेपाल इन्भेष्टमेन्ट बैंकलाई सुरक्षित गरिएको छ भने १६ लाख इकाई योजना व्यवस्थापक एनआइबीएल एस क्यापिटललाई छुट्याएको छ ।

बाँकी १२ करोड ८० लाख इकाईमा सर्वसाधारण लगानीकर्ताले न्यूनतम १०० देखि अधिकतम १ करोड ६० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था, मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।


क्लिकमान्डु