राहदानी छपाइ र वितरण अवरुद्ध, खुल्न केही सयम लाग्ने



काठमाडौं । राहदानी विभागले केही दिन यता सिस्टममा समस्या आउँदा राहदानी छपाइ तथा वितरण कार्य अवरुद्ध भएको जनाएको छ ।

विभागले पुस १७ गतेदेखि समस्या आएपछि त्यसको समाधानका लागि निरन्तर कार्य गरिरहेको र सिस्टम पूर्णरूपमा सुचारु हुन केही समय लाग्ने जनाएको छ ।

राहदानीका लागि आवेदन दिएका आवेदकहरूले आफ्नो मोबाइलमा एसएमएस/म्यासेज आएपछि मात्र विभागमा आउन विभागले अनुरोध गरेको छ ।

साथै, नियमित रूपमा राहदानी आवेदनका लागि डेट लिएका सेवाग्राहीहरू बुक गरेको मिति र समयमा बायोमेट्रिकको लागि विभागमा उपस्थित भइदिन आग्रह गरिएको छ ।


क्लिकमान्डु