यातायात कार्यालयको अनुगमन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले भने: समस्या समाधान गर्छौं, गल्ती गर्नेलाई कारबाही हुन्छ



काठमाडौं । उप्रपधान, भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ एकान्तकुनास्थित यातायात कार्यालयको अनुगमन गरेका छन् ।

उनी मंगलबार बिहान कार्यालयको आकस्मिक अनुगमनमा गएका हुन् ।

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि अनलाइनबाटै आवेदन दिन सकिने व्यवस्था गरे पनि सेवाग्राहीले सास्ती भोग्दै आएको भन्दै गुनासो बढिरहँदा उनी यातायात कार्यालय पुगेका हुन् ।

अनुगमनका क्रममा रहेका मन्त्री श्रेष्ठसँग सेवाग्राहीले यातायात कार्यालयको अव्यवस्थापनबारे आपत्ति जनाएका थिए । सरकारले यसमा एक्सन लिनुपर्ने उनीहरुको माग थियो ।

‘नागरिकले दु:ख पाएको हामीलाई जानकारी प्राप्त भएको छ । अब जहाँसम्म पुग्नुपर्छ त्यहाँसम्म पुगिन्छ र समस्या समाधान गरिन्छ । तर समस्या समाधान गरिन्छ,’ जवाफमा मन्त्री श्रेष्ठले भने,’कर्मचारीबाट भएको कमजोरी अन्त्य गरिन्छ र नीतिगत रुपमा गर्नु पर्ने काम हुन्छ । सेवाग्राहीलाई राहत दिनु र सहज ढंगले काम गर्ने बनाउनु हाम्रो कर्तव्य हो । गल्ती गर्नेलाई कारबाही हुन्छ ।’


क्लिकमान्डु