सेयर बजारमा दोहोरो अंकको सुधार, उपसूचकमा हरियाली



काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । बजार मापन गर्ने सूचक १७.५६ अंकले बढेर परिसूचक २०६३.८३ बिन्दुमा रोकिएको छ ।

२५३ कम्पनीको ८२ लाख ७१ हजार ३५५ कित्ता सेयर २ अर्ब ९६ करोड ९ लाख २७ हजार ४४० रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा अधिकांश समूहको उपसूचकमा सुधार आउँदा केहीमा भने गिरावट देखिएको छ ।

बैंकिङ समूहको १३.७३, विकास बैंक ६२.७८, वित्त कम्पनी २१, होटल तथा पर्यटन ८१.९०, जलविद्युत ३४.३२, जीवन बीमा ५४.२४, माइक्रोफाइनान्स ४८.९२, टे«डिङ समूहको ६८.९२, निर्जीबन बीमा समूहको उपसूचक २५८.५८ अंकले बढेको छ भने उत्पादन तथा प्रशोधन ३७.३७ र अन्य समूहको उपसूचक २३.९८ अंकले घटेको छ ।

कारोबारमा ४ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीमा धौलागिरी लघुवित्त वित्तीय संस्था, सृजनशिल लघुवित्त वित्तीय संस्था, खप्तड लघुवित्त वित्तीय संस्था, अजोड इन्स्योरेन्स रहेका छन् ।

कारोबार रकमका आधारमा नबिल बैंक अग्रस्थानमा रहेको छ । कम्पनीको १६ करोड ८४ लाख ५१ हजार रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा हिमालयन डिस्ट्रिलरी र एनआईसी एशिया बैंक रहेका छन् ।


क्लिकमान्डु