निर्जीवन बीमा कम्पनीले गरे करिब १६ अर्बको व्यवसाय, शिखरसहित ६ कम्पनी अर्ब क्लबमा



काठमाडौं । चालु आर्थिक वर्षको मंसिर महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरुले करिब १६ अर्बको व्यवसाय गरेका छन् ।

नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको तथ्यांकअनुसार चालु आवको मंसिर महिनासम्ममा सञ्चालनमा रहेका १८ निर्जीवन बीमा कम्पनीहरुले १५ अर्ब ९७ करोड ८४ लाख ८२ हजार रुपैयाँको कुल बीमाशुल्क संकलन गरेका हुन् ।

कम्पनीहरुले यस अवधिमा ११ लाख ४७ हजार २६४ वटा कुल बीमालेख जारी गरी उक्त रकमको व्यवसाय गरेका हुन् ।

कम्पनीहरुले मंसिर महिनामा मात्रै दुई लाख २८ हजार १२६ वटा बीमालेख जारी गरी दुई अर्ब ६१ करोड ९९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

शिखरसहित ६ कम्पनी अर्ब क्लबमा

तथ्यांकअनुसार १८ निर्जीवन बीमा कम्पनीमध्ये ६ वटाले अर्बभन्दा धेरैको व्यसाय गरेका छन् । भने बाँकी रहेका कम्पनीको व्यवसाय करोड मै सीमित छ ।

प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार सञ्चालनमा रहेका १८ निर्जीवन बीमा कम्पनीहरुमध्ये धेरै व्यवसाय गर्ने कम्पनीको सूचीमा हिखर इन्स्योरेन्स परेको छ । शिखरले मंसिरसम्ममा कुल एक अर्ब ५४ करोड ५ लाख रुपैयाँको व्यवसाय गरेको छ । यस अवधिमा कम्पनीले एक लाख एक हजार ९९१ वटा कुल बीमालेख जारी गरी उक्त रकमको व्यवसाय गरेको हो।

शिखर पछि धेरै व्यवसाय गर्ने कम्पनीको सूचीमा राष्ट्रि बीमा कम्पनी, सगरमाथा इन्स्योरेन्स, नेको इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्स परेका छन् ।

प्राधिकरणको तथ्यांकअनुसार राष्ट्रिय बीमा कम्पनीले यस अवधिसम्ममा एकअर्ब ३४ करोड ७८ लाख रुपैयाँको कुल व्यवसाय गरेको छ । यस अवधिसम्ममा कम्पनीमा १९ हजार ८९२ वटा बीमालेख जारी भएका छन् ।

यस्तै, सगरमाथा इन्स्योरेन्स कम्पनीले यस अवधिसम्ममा एक अर्ब २९ करोड ४४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । मंसिरसम्ममा कम्पनीमा ९६ हजार ७९७ वटा कुल बीमालेख जारी भएका छन् ।

मंसिर महिनासम्ममा नेको इन्स्योरेन्सले एक अर्ब २७ करोड ८५ लाख रुपैयाँको कुल व्यवसाय गरेको प्रािधकरणको तथ्यांक छ । यस अवधिमा कम्पनीमा ११ लाख ८६ हजार ३० वटा बीमालेख जारी भएका छन् ।

यस्तै, सिद्धार्थ इन्स्योरेन्स कम्पनीले मंसिर महिनासम्मको अवधिमा एक अर्ब १३ करोड ५२ लाख र हिमालयन एभरेष्ट इन्स्योरेन्सले एक अर्ब १० करोड २५ लाख रुपैयाँको कुल व्यवसाय गरेका छन् । यस अवधिसम्ममा सिद्धार्थ इन्स्योरेन्समा ८६ हजार ९२६ र हिमालयन एभरेष्ट इन्स्योरेन्समा एक लाख तीन हजार ७७३ वटा बीमालेख जारी भएका छन् ।

अन्य कुन कम्पनीको व्यवसाय कति ?

यस अवधिमा एनएलजी इन्स्योरेन्सले ७५ हजार २३५ वटा बीमालेख जारी गरी ९३ करोड ८० लाख रु ८० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यस्तै, प्रिमियरले यस अवधिमा ६२ हजार ६७३ वटा बीमालेख जारी गरी ९० करोड १३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । लुम्बिनी जनरलले ७९ करोड ७९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यस अवधिमा कम्पनीमा ५६ हजार ३४९ वटा बीमालेख जारी भएका छन् ।

आइएमई जनरलले चालु आवको मंसिर महिनासम्मा ७५ करोड ४० लाख रुपैयाँको कुल व्यवसाय गरेको छ । यस अवधिमा कम्पनीमा ४७ हजार १२२ वटा बीमालेख जारी भएका छन् । अजोड इन्स्योरेन्सले ७४ करोड १६ लाखको व्यवसाय गरेको छ ।

यस्तै, यस अवधिमा नेपाल इन्स्योरेन्सले ६८ हजार ३५९ वटा बीमालेख जारी गरी ६६ लाख ४९ हजार रुपैयाँ, दि ओरियन्टलले १६ हजार ३८८ वटा बीमालेख जारी गरी ५८ लाख ९५ हजार रुपैयाँ, प्रभुले ५१ हजार ६ वटा बीमालेख जारी गरी ६० करोड ४९ लाख रुपैयाँ र यूनाइटेड इन्स्योरेन्सले ५० करोड ४९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

यस्तै, सानिमा जिआइसीले ८३ करोड १२ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले ६० लाख ४९ हजार रुपैयाँ र प्रुडेन्सियल इन्स्योरेन्सले ५३ करोड ७१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।


क्लिकमान्डु