सूर्यज्योति लाइफको कम्पनी सचिवमा भरत केसी



काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा भरत केसी नियुक्त भएका छन् ।

कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले कम्पनीको सचिवमा केसीलाई नियुक्त गर्ने निर्णय गरेको नायव प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले जानकारी दिए ।

सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी एक आपसमा गाभिए पश्चात बिहीबारदेखि एकीकृत कारोबार गरेका हुन् ।


कश्यप न्यौपाने