बुटवल पावर कम्पनीको लाभांश घोषणा, बुक क्लोज कहिले ?



काठमाडौं । बुटवल पावर कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई ५ प्रतिशत बोनश सेयर र कर सहित ७.५ प्रतिशत नगद गरी कुल १२.५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीले लभांश प्रस्ताव पारित गर्न साधारणसभा समेत बोलाएको छ । कम्पनीले पुस ३० गते ११ बजे, कार्की ब्याङ्क्वेट काठमाडौंमा ३० औं वार्षिक साधारणसभा बोलाएको हो ।

साधारण सभा र लाभाशंक प्रयोजनका लागि कम्पनीले पुस १८ गतेदेखि पुस ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।

जसअनुसार जसअनुसार पुस १७ गतेसम्म नेपाल स्कट एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारण सभा र लाभांश प्राप्त गर्नसक्ने छन् ।


क्लिकमान्डु