बीओकेका यी हुन् ठूला २३ लगानीकर्ता, सञ्चय कोषदेखि भाटभटेनीहुँदै मिन बहादुर गुरुङसम्म



काठमाडौं । बैंक अफ काठमाण्डूको विभिन्न संघ संस्थासहित २३ जना ठूला लगानीकर्ता रहेका छन् । बैंकको ठूला लगानीकर्तामा विभिन्न ९ कम्पनी र बाँकी सर्वसाधरण रहेका छन् ।

बैंकको ०.५ प्रतिशत भन्दा बढी सेयर स्वामित्व हुनेमा कर्मचारी सञ्चया कोषदेखि नागरिक लगानी कोष हुँदै भाटभटेनि सुपरमार्केटदेखि मिन बहादुर गुरुङसम्मको सेयर स्वामित्व रहेको छ ।

बैंकमा सबैभन्दा बढी सेयर स्वामित्व कर्मचारी सञ्चय कोषको १५.०५ प्रतिशत सेयर स्वामित्व रहेको छ । दोस्रोमा मंगल कलश इन्भेष्टमेन्टको ३.०४ प्रतिशत, रण बहादुर शाहको २.४७ प्रतिशत, नागरिक लगानी कोषको २.१० प्रतिशत, डम्बर बहादुर मल्लको १.९९ प्रतिशत, रिता मल्लको १.७७ प्रतिशत, शारदा देवीको १.६७ प्रतिशत, मन्जु अग्रवालको १.३३ प्रतिशत, राधेश पन्तको १.१९ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस्तै बीओकेमा धेरै सेयर स्वामित्व हुनेमा प्रेम बहादुर श्रेष्ठको १.०२ प्रतिशत, भुवनेश प्रसाद पन्तको ०.९३ प्रतिशत, भाटभटेनि सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोरको ०.८५, भुवनेश्वरी श्रेष्ठको ०.८१, आलोक सिंहको ०.८१ प्रतिशत, हेटौडा इन्भेष्टमेन्ट एण्ड टे«डिङको ०.७४, अम्बिका शाह ०.७१, सिटौला इन्भेष्टमेन्टको ०.६६ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस्तै मचान वाइल्ड लाइफ रिसोर्टको ०.६२, गीरिश प्रसाद पन्तको ०.६२, नागरिक लगानी कोषको १.१६, मंगल कलश इन्भेष्टमेन्ट प्रालिको ०.८५, भाटभटेनि सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोरको ०.७७ प्रतिशत र मिन बहादुर गुरुङको ०.५९ प्रतिशत सेयर स्वामित्व रहेको छ ।


क्लिकमान्डु