बैंक अफ काठमाण्डूका सीईओको तलब भत्ता १ करोड २७ लाख



काठमाडौं । बैंक अफ काठमाण्डूले एक वर्षमा प्रमुख कार्यकारी अधिृकत (सीईओ)लाई १ करोड २७ लाख ८५ हजार २७४ रुपैयाँ तलब भत्ता दिएको छ ।

बैंकले आर्थिक वर्ष २०७८/०७९ मा उक्त रकम सीईओलाई सञ्चय कोष, औषधी उपचार, सवारी साधन सुविधा, मोबाइल फोनको भुक्तानी लगायतसहित उक्त रकम तलब भत्ता दिएको जनाएको छ ।

सीईओलाई सवा करोड बढी तलब, भत्ता दिएको बैंकले अन्य पदाधिकारी (प्रबन्धक वा सो भन्दा उच्च पदस्थ पदाधिकारी तर सीईओ बाहेक तलब भत्ता बापत १७ करोड २ लाख ५७ हजार ३६३ रुपैयाँ भुक्तानी गरेको छ । बैंकका अध्यक्षले प्रति भत्ता बापत १६ हजार र सञ्चालकले १४ हजार रुपैयाँ भत्ता लिएका छन् ।


क्लिकमान्डु