हिमालयन बैंकको साधारण सभा पुस २८ गते, बुक क्लोज कहिले ?



काठमाडौं । हिमालयन बैंकले पुस २८ गतेका लागि साधारणसभा बोलाएको छ ।

२८ गते हु्ने सभाका लागि कम्पनीले पुस १८ देखि २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । पुस १७ गतेसम्म कायम रहेका सेयरधनीले लाभांश पाउनेछन् भने सभामा पनि भाग लिन पाउनेछन् ।

कम्पनीले सभामा ११.११ प्रतिशत नगद लाभांश र ८ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पेश गर्नेछ । उक्त प्रस्ताव सभाले पारित गरेपछि सेयरधनीले तोकेको लाभांश पाउनेछन् ।


क्लिकमान्डु