कालिका पावरले दोहोरो अंकमा लाभांश दिने प्रस्ताव, बुक क्लोज कहिले ?



काठमाडौं । कालिका पावर कम्पनीले सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ ।

बु्धबार बसेको सञ्चालक समितिको बैठकले १५.७८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले १५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

यस्तै कम्पनी साधारणसभा बोलाउने निर्णय पनि गरेको छ । कम्पनीले पुस २९ गतेका लागि वार्षिक साधारण सभा बोलाएको छ । सभाका लागि पुस १७ गते बुक क्लोज गर्ने भएको छ । १६ गतेसम्म कायम रहेका सेयरधनीले लाभांश पाउनेछन् ।


क्लिकमान्डु