सगरमाथा इन्स्योरेन्सको लाभांश घोषणा



काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ ।

मंगलबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट लाभांश दिने प्रस्ताव गरेको हो ।

कम्पनीले नाफाबाट १२.५० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.६५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव बीमा प्राधिकरणबाट स्वीकृत भएर आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु