सेयर बजारमा दोहोरो अंकको सुधार, तीन कम्पनीको कारोबारमा सकारात्मक सर्किट



काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । बजार मापन गर्ने सूचक १४.२२ अंकले बढेर परिसूचक १८७३.११ बिन्दुमा रोकिएको छ ।

२५७ कम्पनीको ३० लाख २२ हजार ५२ कित्ता सेयर ९३ करोड ८ लाख ३९ हजार ९०१ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा सबै समूहको उपसूचकमा हरियाली देखिएको छ । कारोबारमा बैंकिङ समूहको ६.८७, विकास बैंक ८.३०, वित्त ६.३१, होटल एण्ड पर्यटन ६४.५१, जलविद्युत १४.८५, जीवन बीमा ८३.८५, उत्पादन तथा प्रशोधन २२.२९, माइक्रोफाइनान्स ३०.२३, निर्जीबन बीमा २७.८३, अन्य समूहको उपसूचक ३४.०४ अंकले बढेको छ ।

यो दिन तीन वटा कम्पनीको कारोबारमा सकारात्मक सर्किट लागेको छ । आँधिखोला लघुवित्त वित्तीय संस्था, सृजनशिल लघुवित्त वित्तीय संस्था र धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

कारोबार रकमका आधारमा नेपाल दूरसञ्चार कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको ६ करोड ३८ लाख ३७ हजार २१८ रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा सिभिल बैंक र हिमालयन डिस्ट्रिलरी कम्पनी रहेको छ ।


क्लिकमान्डु