राष्ट्र बैंकले ५ अर्बको विकास ऋणपत्र बिक्री गर्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले ४ वर्षको अवधिका लागि ५ अर्बको विकास ऋणपत्र बिक्री गर्ने भएको छ ।

केन्द्रीय बैंकले बोलकबोल प्रकृया मार्फत ‘विकास ऋणपत्र २०८३ ज’ नामक विकास ऋणपत्र बिक्री गर्न लागेको हो । ऋणपत्रको आज बोलकबोल हुने र भोली (बुधबार) बिक्री गरिने छ ।

यसको ब्याज अर्धवार्षिक रुपमा भुक्तानी हुनेछ । यो ऋणपत्र बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था र नेपाली नागरिकले खरिद गर्न सक्ने छन् । यो ऋणपत्र धितोमा राखेर कर्जा लिन सकिने छ ।
यसको सावा भुक्तानी मिति २०८३ पु्स ३ गते रहेको छ ।

ऋणपत्र घटीमा ५० हजार र बढीमा कूल निष्काशित रकमको सीमामा नबढाइ ५० हजारले भाग गर्दा निशेष भाग जाने अङ्क बराबरको सीमामा खरिद गर्न सकिनेछ ।


क्लिकमान्डु