सेयर बजारमा दोहोरो अंकको गिरावट



काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । बजार मापन गर्ने सूचक २७.५४ अंकले घटेर १८५५.०६ बिन्दुमा रोकिएको छ ।

२५० कम्पनीको ३७ लाख ७८ हजार ९५१ कित्ता सेयर १ अर्ब १५ करोड ७१ लाख ५५ हजार ९९ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा सबै समूहको उपसूचकमा गिरावट आएको छ । बैंकिङ समूहको १९.५८, विकास बैंक ६८.८७, वित्त कम्पनी ४३.९३, होटल तथा पर्यटन २५.३५, जलविद्युत ४०.५३, उत्पादन तथा प्रशोधन ३८.४५, माइक्रोफाइनान्स ५६.२६, निर्जीबन बीमा समूहको उपसूचक ६७.०८ बिन्दुमा रोकिएको छ ।

कारोबारमा इस्टर्न हाईड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै धौलागिरी लघुवित्त वित्तीय संस्था, खप्तड लघुवित्त वित्तीय संस्था, बुद्ध भुमी नेपाल हाईड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् भने रु रु जलविद्युत परियोजना, पिपुल्स हाईड्रोपावर कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।


क्लिकमान्डु