प्रि–ओपनिङमा सेयर बजारमा सामान्य सुधार, सवा ६ लाखको कारोबार



काठमाडौ । प्रि-ओपनिङ सेसनमा सेयर बजारमा सामान्य सुधार देखिएको छ । बजार मापन गर्ने सूचक १.०४ अंकले बढेर परिसूचक १८८३.६५ बिन्दुमा रोकिएको छ ।

१७ कम्पनीको १ हजार ६६५ कित्ता सेयर ६ लाख २९ हजार ५३६ रुपैयाँमा किनबेच भएको छ । कारोबारमा विकास बैंक समूहको उपसूचक ३.०७, उत्पादन तथा प्रशोधन ६६.३७, निर्जीबन बीमा समूहको उपसूचक १८.१० अंकले बढेको छ ।

यस्तै बैंकिङ समूहको ०.७० जलविद्युत समूहको उपसूचक ०.१४ अंकले घटेको छ ।


क्लिकमान्डु