बैकिङ प्रणालीमा भित्रभित्र तरलतामा सुधार भएको छः गभर्नर



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजारमा बैकिङ प्रणालीमा भित्रभित्र तरलतामा सुधार भएको बताएका छन् । अधिकारीले नेपाल बैंकर्स एशोसिएशनको १३औं साधारणासभामा बोल्दै बजारमा तरलतामा सुधार आएको बताएका हुन् ।

अधिकारीअनुसार बजारमा अन्तर बैंक दर साढे ८ बाट ७.०७ प्रतिशतमा झरेको छ । यसले गर्दा सुधारका संकेत देखिन थालेको छ ।

अहिले मुख्य समस्या भनेको ऋणीले ऋण नपाएको गुनासो छ । त्यसमा ऋणमाथि किन ऋण थप्ने भन्ने कुरा छ । यसमा ऋणीले पनि केही योगदान गर्नुपर्ने उनको धारणा छ ।

त्यस्तै, गभर्नर अधिकारीले अहिले अर्थतन्त्रमा एक किसिमको समस्या रहेको बताए । साथबे, सरकारले मेन ड्राइभरका रूपमा रेमिट्यान्सलाई राखेको छ । यसबाट उत्पादनतर्फ सिफ्ट हुनुपर्छ ।

त्यससँगै, गभर्नरले अर्थतन्त्र रिकभरि हुन आवश्यक रहेको जिकिर गरे । रिकभरीको लागि निकै चुनौती छ । त्यसका लागि सबैको साथ आवश्यक छ ।

साथै, गभर्नरले समग्र अर्थतन्त्रलाई सन्तुलन राख्न नचुक्ने जिकिर गरे ।


क्लिकमान्डु