निर्वाचन आयोगद्वारा समानुपातिकको सिट बाँडफाँट, एमाले पहिलो, कसले कति पाए ?



काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ मा सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फको सिट बाँडफाँट गरेको छ ।

कुल १ करोड ५ लाख ६० हजार ८२ सदर मतमध्ये दलहरुले प्राप्त गरेको मतको आधारमा आयोगले सिट बाँडफाँट गरेको हो ।

आयोगका अनुसार नेकपा एमालेले प्रतिनिधि सभातर्फ ३४ सिट हात पारेको छ ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ३२, नेकपा माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७, जनता समाजवादी पार्टीले ५, जनमत पार्टीले पाँच सिट हात पारेका छन् ।

त्यस्तै प्रदेशतर्फ एमालेले ७०, कांग्रेसले ६४, माओवादीले २९, राप्रपाले १७, नेमकिपाले २, एकीकृत समाजवादीऽ जनता समाजवादी र जनमत पार्टीले ९/९ सिट पाएका छन् ।

त्यस्तै लोसपाले ३, नागरिक उन्मुक्तिले ५ पाउँदा संघीय समाजवादी, राष्ट्रिय जनमोर्चा र हाम्रो नेपाली पार्टीले समान १/१ सीट पाएका छन् ।


क्लिकमान्डु