चोलेन्द्रविरुद्धको महाअभियोग निष्क्रिय, सर्वोच्च जाँदै



काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वोच्च अदालत हाजिर हुन जान लागेका छन् । प्रतिनिधि सभामा पेस भएको महाअभियोग प्रस्ताव निष्क्रिय बनेसँगै उनी सर्वोच्च जान लागेका हुन् ।

संसद्का महासचिव डा. भरतराज गौतमले उनलाई महाअभियोग निष्क्रिय भएको पत्र दिएका छन् । महाअभियोग निष्क्रिय भएसँगै उनी आजै अदालतमा हाजिर हुन जान लागेका हुन् ।

तर, राणाको कार्यकाल भने सकिन लागेको छ । उनले आगामी २६ गते अवकाश पाउँदै छन् ।

राणाविरुद्ध प्रतिनिधिसभामा सत्ता गठबन्धनका तत्कालीन सांसदहरुले महाभियोग प्रस्ताव दर्ता गरेका थिए ।

महाभियोग लागेसँगै राणा निलम्बित थिए । तर प्रतिनिधि सभाको कार्यकाल समाप्त भएको र उक्त प्रतिनिधि सभाबाट महाभियोग पारित हुने प्रकृया पूरा हुन सकेको थिएन ।


क्लिकमान्डु