सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । निरन्तर उकालो लागेको सुनचाँदीको मूल्य मंगलबार घटेको छ ।

सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार ९ सय रुपैयाँ कायम भएको थियो । मंगलबार ६ सय रुपैयाँले घटेर ९९ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, मंगलबार तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

साथै, मंगलबार चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले घटेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला १३ सय ८५ रुपैयाँ कायम भएकोमा मंगलबार १३ सय ५० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु