कति छ आज सुनको मूल्य ?


काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा गिरावट आएको छ ।

यस दिन सुनको मूल्य प्रतितोला २ लाख ७७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ७७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार चाँदी प्रतितोला ४ हजार २ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला ४ हजार २ सय ८५ रुपैयाँमा कायम थियो ।