सेयर बजारमा गिरावट, कारोबार रकम अर्ब भन्दा तल



काठमाडौं । सेयर बजारमा आएको सामान्य गिरावटसँगै कारोबार रकम पनि घटेको छ । बजार मापन गर्ने सूचक ३.५१ अंकले घटेर परिसूचक १९४९.८५ बिन्दुमा रोकिएको छ ।

केही दिनअघि १ अर्ब बढी पुगेको कारोबार रकम अहिले भने घटेको छ । २३८ कम्पनीको २३ लाख ५५ हजार ८४५ कित्ता सेयर ८४ करोड २६ लाख ९५ हजार ३०१ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा अधिकांश समूहको उपसूचक राताम्मे बनेका छन् । बैंकिङ समूहको उपसूचक ०.३१, विकास बैंक १८.८५, वित्त १७.८४, जलविद्युत २.२९, जीवन बीमा १७.५४, उत्पादन तथा प्रशोधन १८.३७, निर्जीबन बीमा ७.५०, अन्य समूहको उपसूचक ९.७६ अंकले घटेको छ । यो दिनको कारोबारमा ट्रेडिङ समूहको उपसूचक १६.४२ अंकले बढेको छ ।

बजारमा गिरावट आउँदा पनि ग्रिन लाइफ हाईड्रोपावर, खप्तड लघुवित्त वित्तीय संस्था, रु रु जलविद्युत परियोजना, बुद्धभुमी नेपाल हाईड्रोपावर, स्वेत गंगा हाईड्रोपावर एण्ड कन्ट्रक्सन कम्पनीका लगानीकर्ताले कमाएका छन् भने वन नेपाल लघुवित्त वित्तीय संस्था, गुहेश्वरी मर्चेन्ट बैंक, यूनाइटेड इन्स्योरेन्स लगायतका कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

कारोबार रकमका आधारमा हिमालयन डिस्ट्रिलरी अग्रस्थानमा रहेको छ । कम्पनीको ४ करोड ७९ लाख ३४ हजार ४२३ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः नबिल बैंक र नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था रहेका छन् ।


क्लिकमान्डु