प्राधिकरणले भन्योः जग्गा अतिक्रमण गरेर बनाएका संरचना ३५ दिनभित्र खाली गर्नु



काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले काठमाडौं उपत्यकाभित्र अतिक्रमण गरेर बनाइएका अनाधिकृत संरचना ३५ दिनभित्र खाली गर्न भनेको छ ।

प्र्राधिकरणले सुचना जारी गर्दै उपत्यकाभित्र रहेका सरकारी, पर्ति, ऐलानी तथा खोलाको मापदण्ड बमोजिमका जग्गालाई अतिक्रमण गरी निर्माण गरिएका अनाधिकृत संरचना हटाउन भनेको हो ।

यसरी बनाइएका संरचना सम्बन्धित व्यक्ति वा संस्थाले नहटाएमा प्रातिकरणले हटाउने समेत सुचनामा उल्लेख छ । ती संरचना हटाउँदा वा भत्काउँदा लाग्ने लागत पनि सम्बन्धित व्यक्ति वा संस्थाबाट लिइने प्राधिकरणको सुचनामा उल्लेख छ ।


क्लिकमान्डु