बाराही हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, १० हजार कित्तासम्म आवेदन दिन सकिने



काठमाडौं । बाराही हाइड्रोपावर पब्लिकले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको ।

कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँका दरले ५ करोड ५४ लाख रुपैयाँ ५ लाख ५४ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले आयोजना प्रभावित स्थानीयलाई २ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेकामा त्यसबाट बिक्री नभएको १ लाख ४६ हजार कित्ता शेयर बाँडफाँट गरेर बाँकी रहेको १ लाख ४ हजार कित्ता सेयर र सर्वसाधारणका लागि निष्कासन गर्न लागेको ४ लाख ५० हजार कित्तासहित ५ लाख ५४ हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

जसमा २७ हजार कित्ता सामुहीक लगानी कोष र ११ हजार ८० कित्ता सेयर कम्पनीका कर्मचारीलाई छुट्याएर बाँकी रहेको ५ लाख १५ हजार २२० कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । मंसिर २१ गतेदेखि निष्कासन हुने आईपीओमा मंसिर २६ गतेसम्म आवेदन दिन सकिनेछ ।

२६ गतेसम्म माग अनुसार आवेदन नपरेमा पुस ६ गतेसम्म आवेदन दिन सकिने छ । आईपीओ न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने छ ।

यसको बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल रहेको छ । लगानीकर्ताले सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत मार्फत आवेदन दिन सक्नेछन् ।


क्लिकमान्डु