सिद्धार्थ इन्स्योरेन्सको सेयर कारोबार फुकुवा



काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सको सेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) को मंसिर १२ गतेको निर्णयले कम्पनीको सेयर कारोबार फुकुवा भएको हो ।

नेप्सले कम्पनीको आधारभूत सेयरधनी बाहेकका सेयर कारोवार फुकुवा गरिदिएको हो ।

सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सबीच मर्जर सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएपछि कम्पनीको सेयर कारोबार रोकिएको थियो । असार २८ गतेदेखि कम्पनीको सेयर कारोबार रोक्का भएको थियो ।

कम्पनीको कारोबार खुलाउनका लागि कम्पनीले मंसिर १ गते नेप्सेमा आवेदन दिएको थियो । कम्पनीको सेयर मंसिर १३ गते बुधबारदेखि किनबेच गर्न सकिने छ ।


क्लिकमान्डु