सेयर बजारमा दोहोरो अंकको गिरावट आउँदा कसले कमाए, कसले गुमाए ?

105
Shares

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बजार मापन गर्ने सूचक १५.६१ अंकले घटेर परिसूचक १९५०.३७ बिन्दुमा रोकिएको छ ।

कारोबारको सुरुमा केही समय बढेको बजार त्यसपछि निरन्तर घटेको छ । यो दिन २३६ कम्पनीको ३७ लाख ६१ हजार २९९ कित्ता सेयर १ अर्ब ४९ करोड ४३ लाख ९४ हजार ६१३ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा बैंकिङ समूहको उपसूचक १०.०५, विकास बैंक ४८.३५, वित्त कम्पनी २४.८९, जलविद्युत २५.०१, जीवन बीमा ६४.७२, उत्पादन तथा प्रशोधन ७४.३७, माइक्रोफाइनान्स १५.१२, निर्जीबन बीमा १३.०२, अन्य समूहको उपसूचक १६.७६ अंकले घटेको छ ।

यो दिन खप्तड लघुवित्त वित्तीय संस्था, गरिमा ऋणपत्र, नेपाल ल्युब आयल, सिटिजन्स म्युचुअल फण्ड–१ का लगानीकर्ताले कमाउँदा सिनर्जी पावर डेभलपमेन्ट, ओरियन्टल होटल, जानर्की फाइनान्सका लगानीकर्ताले गुमाएका छन् ।

कारोबार रकमका आधारमा हिमालयन डिस्ट्रिलरी अग्रस्थानमा रहेको छ । कम्पनीको १६ करोड ४६ लाख ४२ हजार रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा नबिल बैंक र शिवम सिमेन्ट रहेका छन् ।

नबिल बैंकको ७ करोड २४ लाख ५८ हजार ४०४ रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै शिवमको ६ करोड १६ लाख ६२ हजार ७४८ रुपैयाँको सेयर किनबेच भएको छ ।

Skip This