एमसीसीको ३ सय किलोमिटर प्रसारणलाइन निर्माणका लागि ठेक्का आह्वान



काठमाडौं । मिलेनियम च्यालेन्ज कोर्पोरेसन (एमसीसी)को अनुदानमा बन्ने ३ सय किलोमिटर प्रसारण लाइन निर्माणका लागि मिलेनियम च्यालेन्ज एकाउन्ट–नेपाल (एमसीए)ले ठेक्का आह्वान गरेको छ । एमसीएले तीनवटा प्याकेजमा पूर्वानिर्धारित तालिकाअनुसार ठेक्का आह्वान गरेको हो ।

आह्वान गरिएको ठेक्कामा लप्सीफेदी–रातमाटे–हेटौंडाको ११७ किमि, रातमाटे–न्यु दमौली ९० किलोमिटर र न्यु दमौली–न्यु बुटवल ९० किलोमिटर प्रसारणलाइन रहेका छन् । सँगै न्यु बुटवल–नेपाल/भारत सिमामा १७ किमि प्रसारणलाइन विकल्पका रुपमा राख्दै ठेक्का आह्वान गरिएको छ ।

१८० दिनमा पुरा टेण्डर प्रक्रिया पूरा गर्ने गरि आह्वान गरिएको ठेक्कामा प्रसारण लाइनको डिजाइन, सप्लाइ, डेलिभरि, इन्सटलेसन, टेस्टिङ र कमिसनिङ पनि रहेको छ ।

२०१७ मा हस्ताक्षरपछि गत वर्ष संसदबाट अनुमोदन भएको अमेरिकी अनुदान कार्यक्रम मिलिनियम च्यालेन्ज कर्पोरेसन र नेपाल सरकारबीच भएको सम्झौताअनुसार अगस्ट २०२३ देखि ५ वर्षको समय राखेर परिआयोजनालाई पुरा गर्नुपर्नेछ । सम्झौतअनुसार परियोजनाको कार्यतालिकामा रहेर हाल टेण्डर आह्वान भएको हो ।

एमसीसीअन्तर्गत नेपालले कुल ५० करोड अमेरिकी डलर बराबरको अनुदान रकम पाउनेछ । सम्झौताअनुसार सो रकमलाई पाँच वर्षभित्रमै खर्च गर्नुपर्नेछ ।

एमसीसीबाट प्राप्त हुने अनुदानबाट हुने आयोजना अन्तर्गत करिब ३१५ किमि ४ केवी क्षमताको विद्युत प्रसारण लाइन र तीन वटा ४ सय केभी क्षमताका सब–स्टेसनसँगै ७७ किमि सडक मर्मतको आयोजना पनि रहेको छ ।

एमसीए नेपालले सोमबार सुचना प्रकाशित गर्दै आह्वान गरेको टण्डरमा आगामी वर्ष मार्च २७ सम्म प्रस्ताव पेश गर्न पाइनेछ ।


क्लिकमान्डु