एमालेले समानुपातिकमा १८ लाख कटायो, घण्टी ८ लाख



काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मतगणना जारी रहेको छ । समानुपातिक तर्फको मतगणनामा नेकपा एमालेले अग्रता बनाइरहेको छ ।

प्रतिनिधि सभाको प्रत्यक्षतर्फ दोस्रो स्थानमा रहेको एमाले समानुपातिकमा भने पहिलो स्थानमा रहेको हो ।
एमालेले समानुपातिकमा १८ लाख मत कटाएको छ । एमालेले १८ लाख १७ हजार ४५३ मत पाएको छ ।
नेपाली कांग्रेसले १७ लाख ५२ हाजर ५३३ मत पाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले ७ लाख ९० हजार ४०४ मत पाएको छ । माओवादी केन्द्रले ७ लाख ६८ हजार ९५१ मत पाएको छ ।
राप्रपाले ४ लाख ३ हजार ७०८ समानुपातिक मत पाएको छ ।

जनता समाजवादी पार्टी २ लाख १७ हजार ३० मत पाएको छ भने एकीकृत समाजवादीले १ लाख ६५ हजार १५७ मत पाएको छ ।

नागरिक उन्मुक्ति पार्टीले १ लाख ५६ हजार र जनमत पार्टीले १ लाख ४८ हजार मत पाएको छ ।


क्लिकमान्डु