निर्वाचन नजिकीएसँगै बढ्यो सेयर बजार



काठमाडौं । निर्वाचन नजिकीएसँगै सेयर बजारमा केही सुधार देखिएको छ ।

बजार मापन गर्ने सूचक २५.५७ अंकले बढेर १९३६.८३ बिन्दुमा रोकिएकोे छ । यो दिनको कारोबारमा बजारमा निकै उतार चढाब पनि देखिएको छ ।

२२३ कम्पनीको ४३ लाख ८४ हजार ४ कित्ता सेयर १ अर्ब ७१ करोड ५४ लाख १९ हजार २८६ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा सबै समूहको उपसूचकमा सुधार देखिएको छ । बैंकिङ समूहको १२.२७, विकास बैंक ६४.९१, वित्त ३७.२५, जलविद्युत ६१.६९, जीवन बीमा ५६.७४, माइक्रोफाइनान्स ३८.४०, उत्पादन तथा प्रशोधन १०२.८९, निर्जीबन बीमा १०२.१७, अन्य समूहको उपसूचक २२.६९ बिन्दुमा रोकिएको छ ।

कारोबारमा सिकलेश हाईड्रोपावर कम्पनी र सयपत्री हाईड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बोटलर्स नेपाल (तराई), रिडी पावर कम्पनी, पन्चकन्या माई हाईड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् भने फरवार्ड माइक्रोफाइनान्स ७९.९०, इमर्जिङ नेपाल ११, तारागाउँ रिजेन्सी, समता घरेलु लघुवित्त वित्तीय संस्था, युनिलिभर नेपालका लगानीकर्ताले गुमाएका छन् ।

यो दिन कारोबार रकमका आधारमा रिडी पावर कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको १४ करोड ३९ लाख १५ हजार ९७२ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा शिवम् सिमेन्ट र हिमालयन डिस्ट्रिलरी कम्पनी रहेका छन् ।


क्लिकमान्डु