मदिरा उद्योगको ब्यापार २५% ले घट्दा पनि हिमालयन डिस्टिलरीको सञ्चालन आम्दानी १२.२९% ले बढ्यो



काठमाडौं । समग्र मदिरा उद्योगको ब्यापारमा २५ देखि ३० प्रतिशतले गिरावट आउँदा पनि हिमालयन डिस्टीलरी भने ब्यापार बढाउन सफल भएको छ ।

चालु आर्थिक वर्षको तीन महिनामा हिमालयन डिस्टिलरी कम्पनीले २१ करोड ५७ लाख ६० हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा २.१२ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा २१ करोड १२ लाख ८१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यो अवधिमा कम्पनीको सञ्चालन आम्दानी बढेसँगै नाफामा पनि सुधार भएको छ । गत असोज मसान्तमा १ अर्ब २३ करोड १० लाख ६० रुपैयाँ रहेकामा चालु आवको सोही अवधिमा १२.२९ प्रतिशतले ले बढेर १ अर्ब ३८ करोड २४ लाख रुपैयाँ रहेको छ । अहिलेको प्रतिकुल अवस्थामा पनि कम्पनीले आफ्नो वित्तीय अवस्थालाई राम्रो ठानेको छ ।

कम्पनीको सञ्चालन आम्दानी बढ्दा अन्य आम्दानी ३४ लाख ११ हजार ९०३ रुपैयाँ रहेको छ । यस्तै कम्पनीको सञ्चालन नाफा २.४४ प्रतिशतले बढेर ३० करोड ३७ लाख ७५ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा २९ करोड ६५ लाख २७ हजार ८५४ रुपैयाँ रहेको थियो ।

१ अर्ब ५१ करोड ८४ लाख ७९ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा १ अर्ब ५४ करोड ३३ लाख ६७ हजार रुपैयाँ रहेको छ ।

चालु आवको तीन महिनाको अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ५६ रुपैयाँ ८४ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ भने २०१ रुपैयाँ ६४ पैसा रहेको छ ।


क्लिकमान्डु