९ अर्ब लगानीमा क्लिङ्कर उत्पादन गर्ने गौरीशंकर सिमेन्ट उद्योग आउँदै



काठमाडौं । लुम्बिनी प्रदेशको शिवराज नगरपालिका–६ मा ९ अर्ब लगानीमा क्लिंकर उत्पादन गर्ने गौरीशंकर सिमेन्ट प्रालि उद्योग आउने भएको छ । कम्पनीले उद्योग निर्माण गर्न कर्जाका लागि रेटिङ गराएको छ ।

कम्पनीले क्लिङ्कर सिमेन्ट उद्योग निर्माणमा लागि ८ अर्ब ९७ करोड ७० लाख रुपैयाँ लागत अनुमान गरेको छ । जसमा कम्पनीले ६ अर्ब ७३ करोड २७ लाख रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीअनुसार ९ अर्ब लगानीमा निर्माण हुने क्लिङ्कर सिमेन्ट उद्योगले अहिले दैनिक २४ सय टन ग्रान्डिङ सिमेन्ट उत्पादन गरिरहेको जनाएको छ ।

तीन जना संस्थागत प्रवर्धक र एक जना व्यक्तिगत प्रवर्धक छन् । चार दशक सिमेन्ट क्षेत्रको अनुभव भएको शिरोमणि ढकाल परियोजना प्रमुख हुन् ।

कम्पनीले अहिले दैनिक एम.जयपी सिमेन्ट हजार टन, गरिमा सिमेन्ट १ हजार टन र महाशक्ति सिमेन्ट ४ सय टन गरी दैनिक २४ सय ग्रान्डिङ सिमेन्ट उत्पादन गर्दै आएको छ ।

विगतमा ग्रान्डिङ सिमेन्ट उत्पादन गर्दै आएको कम्पनीले आगामी दिनमा दैनिक २५ सय टन क्लिङ्कर उत्पादन गरी ग्रान्डिङ सिमेन्टको आम्दानीमा सहयोग पुग्ने उल्लेख छ ।

अहिले नेपालमा सिमेन्ट क्षेत्रमा निकै प्रतिस्पर्धा छ । साथै, स्थापित कम्पनीलेहरुले सस्तो मूल्यमा सिमेन्ट बिक्री वितरण गर्दै आएको छ । त्यसैले, गौरीशंकल कम्पनीले पनि सेवाग्राहीलाई सस्तो मूल्यमा प्रदान गर्नका लागि क्लिङ्कर सिमेन्ट उद्योगको निर्माण गरिरहेको जनाएको छ ।


क्लिकमान्डु