चुनावका लागि तीन दिन बिदा, मतदानस्थल तोकिएका विद्यालय ४ दिन बन्द रहने



काठमाडौं । सरकारले आगामी निर्वाचनका लागि मंसिर ४ र ५ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । मतदानस्थल रहेका शिक्षण संस्थाहरू भने २ गतेदेखि ५ गतेसम्म बन्द हुनेछन् ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि मतदानस्थल रहेका शिक्षण संस्थाहरू २ गतेदेखि ५ गतेसम्म तथा सरकारी कार्यालय र सार्वजनिक निकायहरु ४ र ५ गते बन्द हुने जानकारी दिए ।

३ गते शनिवार रहेको छ भने आइतबार र सोमबार गरि सरकारी कार्यालयहरु तीन दिन बिदा हुने छन् । मतदान केन्द्र तोकिएका विद्यालयहरु ४ दिने बिदा हुने छन् ।


क्लिकमान्डु