सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढ्यो



काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ ।

सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँ कायम भएको थियो । मंगलबार प्रतितोला १ हजार रुपैयाँले बढेर ९८ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, मंगलबार तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ७ सय रुपैयाँ कायम भएको छ । सोमबार तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ७ सय रुपैयाँ कायम भएको थियो ।

साथै, सोमबार चाँदीको मूल्य प्रतितोला १२ सय ९५ रुपैयाँ कायम भएकोमा मंगलबार ३० रुपैयाँले बढेर १३ सय २५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु