सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । सोमबार सुनचाँदीको मूल्य घटेको छ ।

आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ३ सय रुपैयाँ कायम भएको थियो । सोमबार १ सय रुपैयाँले घटेर ९७ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, सोमबार तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

साथै, आइतबार चाँदीको मूल्य प्रतितोला १३ सय रुपैयाँ कायम भएकोमा सोमबार ५ रुपैयाँले घटेर १२ सय ९५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु