सेयर बजारमा दोहोरो अंकको गिरावट आउँदा यी हुन् कमाउने र गुमाउने कम्पनी



काठमाडौं । सेयर कारोबारका लागि साताको अन्तिम दिन दिनको कारोबारमा बजारमा दोहोरो अंकको गिरावट आएको छ ।
बिहीबार बजार मापन गर्ने सूचक २३.५२ अंकले घटेर परिसूचक १८९३.७० बिन्दुमा रोकिएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४.१७ अंकले घटेर ३७२.३७ बिन्दुमा रोकिएको छ । यो दिन २२६ कम्पनीको ३१ लाख १४ हजार ६८९ कित्ता सेयर १ अर्ब ११ करोड ९४ लाख ६१ हजार ४११ रुपैयाँको सेयर किनबेच भएको छ ।
बजारमा दोहोरो अंकको गिरावट आउँदा अधिकांश समूहको उपसूचकमा गिरावट आएको छ ।

बैंकिङ समूहको ९.२१, विकास बैंक ४८.१०, वित्त कम्पनी ३८.४७, होटल २८.२०, जलविद्युत ४१.१८, जीवन बीमा ६९.७७, उत्पादन तथा प्रशोधन ६३.९७, माइक्रोफाइनान्स ५०.५७, निर्जीबन बीमा ८८.५४, अन्य ३३.५७, ट्रेडिङ समूहको उपसूचक २१.७८ अंकले घटेको छ ।

कारोबारमा मदाङकिनी हाईड्रोपावर, सिन्धु विकास बैंक, हिमालयन पावर पार्टनर, उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् भने अपर हेवाखोला, किसान लघुवित्त वित्तीय संस्था, पन्चकन्या माई हाईड्रो, गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सका लगानीकर्ताले गुमाएका छन् ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको १० करोड २२ लाख ३५ हजार ४२८ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा नेपाल पुनर्बीमा कम्पनी र युनाइटेड मोदी हाईड्रो रहेको छ ।


क्लिकमान्डु