सेयर बजार राताम्मे, देखिएन निर्वाचनको माहोल



काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन नजिकिदै गर्दा पनि सेयर बजारमा सुधार आउन सकेको छैन ।

लामो समयदेखि घटेको बजार निर्वाचनको समयमा बढ्नेमा धेरै लगानीकर्ता अपेक्षामा रहेका थिए । निर्वाचन नजिकीदै गर्दा पनि बजारमा सुधार आउन सकेको छैन ।

जसले लगानीकर्तालाई निरास बनाइरहेको छ । बजार मापन गर्ने सूचक ३९.१५ अंकले घटेर १९१७.२२ बिन्दुमा रोकिएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ७.६८ अंकले घटेर ३७६.५३ बिन्दुमा रोकिएको छ ।

२२३ कम्पनीको ३६ लाख ९७ हजार ७२३ कित्ता सेयर १ अर्ब ४० करोड ७३ लाख ९५ हजार ४३६ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा सबै समूहको उपसूचकमा गिरावट आएको छ । बैंकिङ समूहको १४.०४, विकास बैंक ११०.९७, वित्त कम्पनीको ७७.६८जलविद्युत ५३.०६, जीवन बीमा १९९.९५, उत्पादन तथा प्रशोधन १३६.३०, माइक्रोफाइनान्स ११९.४६, निर्जीबन बीमा १४४.३६, अन्य समूहको उपसूचक ३४.५५ अंकले घटेको छ ।


क्लिकमान्डु