नबिल फ्लेक्सी क्याप फण्ड निष्कासन, ७५ लाख इकाईसम्म आवेदन दिन सकिने



काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङले आजदेखि खुलामुखी म्युचुअल फन्ड योजना ‘नबिल फ्लेक्सी क्याप फण्ड’ निष्कासन गरेको छ ।

जसले निष्कासन गर्न लागेको ७ करोड ५० इकाईमा १ करोड ५० लाख इकाई कोष प्रवर्द्धक नबिल बैंकलाई छुट्याइएको छ ।

७ लाख ५० हजार योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङलाई र बाँकी रहेको ६ करोड ३७ लाख ५० हजार इकाईमध्ये सर्वसाधारणले ५ करोड इकाईका लागि आवेदन दिन सक्नेछन् । फण्डमा कात्तिक २७ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा मंसिर ७ गतेसम्म आवेदन दिन सकिने छ ।

फण्डमा प्रतिइकाई १० रुपैयाँको दरले न्यूनतम १०० देखि अधिकतम ७५ लाख इकाईसम्म आवेदन दिन सकिने छ । यसमा सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।


क्लिकमान्डु