केयर रेटिङ्स नेपालले २१.०५% लाभांश दिने



काठमाडौं । केयर रेटिङ्स नेपालले २१.०५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट २१.०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीको यो प्रस्ताव मंसिर १५ गते बस्ने साधारणसभाले पारित गरेपछि वितरण गरिनेछ । कम्पनीले मंसिर १५ गते छैठौं वार्षिक साधारणसभा बोलाएको छ । १७ गते बसेको सञ्चालक समितिको बैठकले मंसिर १५ गतेका लागि सभा बोलाएको छ । उक्त सभामा सेयरधनीलाई २१.०५ प्रतिशत करसहित नगद लाभांश दिने प्रस्ताव लगिने छ ।

यस्तै आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषय सभामा पेश गरिनेछ भने आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गरिने छ ।


क्लिकमान्डु