झापामा एमाले र माओवादी केन्द्रको विजयी सुरुवात



झापा । झापामा नेकपा एमाले र नेकपा (माओेवादी केन्द्र)ले खाता खोलेको छ । बाह्रदशी गाउँपालिका–१ मा एमालेको प्यानल नै विजयी भएको छ भने बुद्धशान्ति गाउँपालिका–७ को वडाध्यक्षमा माओवादी केन्द्र र अन्य ४ पदमा एमालेले जितेको छ ।

बाह्रदशी गाउँपालिका–१ मा एमालेका शम्भूसिंह राजवंशी ५ सय मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत बाबुराम राईले जानकारी दिए ।

त्यस्तै, प्राप्त पछिल्लो मत परिणामअनुसार गाउँपालिका अध्यक्षका लागि नेकाका खड्प्रसाद राजवंशीले ६ सय १४ र उपाध्यक्षमा रत्ना राजवंशीले ५ सय ८३ मत पाउनु भएको छ भने एमालेका अध्यक्षका उम्मेदवार लक्ष्मण पाठक ४ सय ५८ र उपाध्यक्ष गङ्गा धमला ४ सय ६९ मतका साथ पछ्याई रहेका छन् ।

बुद्धशान्ति गाउँपालिका–७ मा भने नेकपा (माओवादी केन्द्रंं)का मातृकाप्रसाद पौडेल ३ सय ८ मत ल्याएर विजयी भएका छन् भने अन्य चार पदमा एमालेका उम्मेदवार विजयी भएका छन् ।

 

बुद्धशान्ति–७ मा अध्यक्ष पदका लागि नेकाले २ सय ४५, नेकपा एमालेले २६८ र नेकपा (माओवादी केन्द्र)ले एक सय ८२ मत ल्याएका छन् । वडा नं १ को मतगणना सुरु गरिएको निर्वाचन अधिकृत इन्द्रकमल प्रधानले जानकारी दिए । रासस


पुष्प दुलाल